साइप्रस न्युज

मङ्लबार कोरोनाबाट एकको ज्यान गयो,२५ सन्क्रमित फेला

शेयर गर्नुहोस्

११ अगस्ट २०२०
कोभिड १९ बाट सन्क्रमित भइ मङ्लबार एक वृद्ध को मृत्यु भएको छ । ७७ वर्षका वृद्धको अन्य रोगबाट ग्रसित शारीरिक समस्याबाट पनि जुध्दै थिए । यस अघि १९ जनाको कोरोना को कारण मृत्यु भै सकेको छ । आज सम्म मर्नेमा १४ पुरुष र ६ महिला छन् । जसको सरदर उमेर ७१ वर्ष रहेको छ ।

साइप्रसको स्वास्थ्य मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २५ जनामा कोरोना पोजिटिभ देखिएको छ । मन्त्रालयले ४,०२४ टेस्ट गरिएको जानकारी दिएको छ । यी टेस्टहरु सरकारले हरेक जिल्लामा गरिने दस हजार टेस्ट , व्याक्तिगत डाक्टर को सिफारिस, एयरपोर्ट मा गरिने टेस्ट तथा सरकारी ल्याब र विभिन्न प्राइभेट ल्याब ले गरेका टेस्ट बाट आएको नतिजा हो । १३ जना कन्ट्याक ट्रेसिङ गरिएको थियो ।
आजको २५ जना बिरामी सहित कोरोना सन्क्रमित को संख्या १२२७ पुगेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *