देश विदेश

डाक्टरले आशा मारिसकेका थिए, आफ्नै ढुकढुकी सुनेर आफ्नो जीवन बचाए

शेयर गर्नुहोस्

जमाइकाको क्विन्समा ७८ वर्षीय मिलफोर्ड ग्रेभ्स पेशाले संगीतज्ञ हुन् । १९६० को दशकमा ड्रमरको रुपमा उनको ख्याती थियो । विस्तारै उनले संगीतको साथमा मुटुको धड्कन पनि सुन्न थाले । त्यसपछि उनको रिदमको स्रोत मुटुको धड्कन बने । उनले विगत ४५ वर्षदेखि मुटुको धड्कनको आधारमा संगीतको रिदम बनाइरहेका छन् ।

न्यूयोर्क टाइम्ससँग कुरा गर्दै उनले मुटुको धड्कन सुनेर पर्सनल म्युजिक बनाउन सकिने बताए जुन संगीत निश्चित व्यक्तिको लागि निकै उपयोगी हुन्छ । ढुकढुकीबाट संगीत बनाउन सुरु गर्दा उनलाई थाहा थिएन कि उनको यो अदभूत कलाले कुनै दिन उनकै जीवन रक्षा गर्नेछ । तर, अहिले त्यस्तै भइरहेको छ । अहिले मिलफोर्डले आफ्नै मुटुको ढुकढुकी सुनेर आफ्नै जीवनरक्षा गरिरहेका छन् । उनले म्युजिक थेरापीबाट आफ्नो उपचार गरिरहेछन् ।

मिलफोर्डलाई २०१८ मा मिलोइड कार्डियोमायोप्याथी नामको रोग भएको थियो । डाक्टरहरुले उनी केवल ६ महिना मात्र बाँच्ने बताएका थिए । यस बीचमा उनी कैयौं पटक मृत्युको मुखैमा पुगेर पनि बाँचेर फर्किए । मिलफोर्डले अहिले मुटुरोग विशेषज्ञको साथमा म्युजिक थेरापीबाट आफ्नो उपचार गरिरहेका छन् ।

मिलफोर्डले स्टेथेस्कोपबाट आफ्नो मुटुको धड्कन सुन्छन् र अल्टसाउण्ड मेसिनको माध्यमबाट त्यसलाई रेकर्ड गर्छन् । उनले त्यही रिदमलाई ड्रममा बजाउँछन् र गाउँछन् । इलेक्ट्रोनिक ट्रान्सड्युसर्सको सहयोगले उनी ड्रमहेडमा आफ्नै मुटुको धड्कनको रेकर्डिङ बजाउँछन् । यी सबै गतिविधिहरुको उनी भिडियो रेकर्डिङ पनि गराइरहेछन् ।

मिलफोर्डलाई विश्वास छ कि अस्वस्थ मुटुको धड्कन सुनेर त्यसलाई सांगीतिक रुपमा परिमार्जन गरेर नयाँ र स्वस्थ रिदम तयार गर्न सकिन्छ । बायोफिडब्याकको माध्यमले यसको व्रयोग मुटुको उपचारमा पनि गर्न सकिन्छ । मिलफोर्डका अनुसार उनलाई आफूसँग अझै कति समय बाँकी छ भन्ने थाहा छैन तर यदि अनुसन्धान सही दिशामा अगाडि बढ्यो भने कैयौं मानिसहरुलाई लाभ हुने उनको विश्वास छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *