प्रवास

पोर्तुगलमा एक नेपाली युवा हराए, खोजीको अपिल

शेयर गर्नुहोस्

लिस्बन । पोर्तुगलको राजधानी लिस्बनबाट एक नेपाली युवक हराएका छन् । नेपाल सुनसरी घर भएका अन्दाजी २७ बर्षका अभिषेक आचार्य नामक युवा राजधानी लिस्बनको इन्तिदेन्तमा ५ दिन अघि देखा परेका थिए, त्यसयता उनी परिवार र साथी भाइहरुको सम्पर्कमा नरहेकोले खोजीका लागि परिवारले आग्रह गरेका छन् । आज एनआरएनए पोर्तुगलले पनि एक सूचना जारी गरी खोजीका लागि अपील गरेको छ । उनको खोजीका लागि आजै एनआरएनए पोर्तुगलका महासचिव हेमराज सुवेदीले प्रहरीमा पनि जानकारी दिएको बताए

हेर्नुहोस् एनआरएनए पोर्तुगलले खोजीका लागि जारी गरेको अपील

सहयोगका लागि हार्दिक अपिल ! ” युवक हराएको सूचना”

नेपालमा स्थाई घर सुनसरी जिल्ला भई बिगत २ बर्ष देखी पोर्तुगलको राजधानी लिस्बोन नजिकै सान्ता- पोलोनियामा बसोवास गर्दै आउनु भएका अन्दाजी बर्ष २७ का श्री अभिशेक आचार्य बिगत १ हप्ता बाट निजको परिवार, साथीभाई कसैको पनि सम्पर्कमा नआएको र निजको परिवारको आग्रह अनुसार खोजी कार्यको लागि गैर आवासीय नेपाली संघ पोर्तुगलमा सम्पर्क गरि खोजी गरिदिनुहुन भन्ने आग्रह अनुसार आज गैर आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारीहरुको अगुवाईमा आबश्यक खोजिकार्यका लागि मार्तिम मुनिज स्थित प्रहरी कार्यलयमा निबेदन सहित जानकारी गराइएको छ ।
त्यसैले तपाईं हामी जो कोहि पनि पोर्तुगलबासि नेपाली दाजुभाई दिदी बहिनिहरुले निजलाई कही कतै देख्नु भएमा वा भेट्नु भएमा तल उल्लेखित देहाय बमोजिमका फोन नम्वरहरु वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । धन्यवाद ।

सम्पर्क नम्बरहरु :

  • ९२००३०९६४ – तिलक गैरे
  • ९२०२९९५७४ – अशोक गुरुङ
  • ९२०३१९५३९ – सीता श्रेष्ठ
  • ९२०४०४०३५ – हेमराज सुवेदी
  • ९२०५५७९८८ – यमेन्द्र कुमार घर्ती
  • ९१६७८७०५९ – प्रकाश ढकाल

हेमराज सुवेदी (महासचिव)
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्तुगल
मिति : १४ अगस्ट २०२०

श्रोत: युरोपनेपालीखबर

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *