नेकपा कार्यदल : आज सामान्य कुराकानीमात्र, भोलिदेखि छलफल

शेयर गर्नुहोस्

[ad_1]

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलले काम सुरू गरेको छ।

शनिबार ललितपुरको भैंसेपाटीमा बसेको बैठकमा पहिलो दिन सामान्य कुराकानीमात्रै भएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले सेतोपाटीलाई बताए।

‘आज खास केही भएन। आज त प्रारम्भ मात्रै भयो। यसरी कार्यदल बनाइएको छ भन्ने सामान्य कुरा भयो,’उनले भने,’छिटोभन्दा छिटो गर्नुपर्ने भएकाले भोलिदेखि छलफल हुन्छ होला।’

आजको बैठकमा विषयवस्तुमा पुगेर छलफल भएन।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको थियो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा शंकर पोखरेल,भीम रावल,सुरेन्द्र पाण्डे,पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्।

कार्यदललाई छिटोभन्दा छिटो नेकपाभित्रको समस्या समाधानका लागि प्रस्ताव तयार पार्न निर्देशन दिइएको छ।

 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७, १९:४९:००




[ad_2]

Source link

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *