देश विदेश

नेपालको झन्डा जलाइएको गीतका गायकसहित ९ जना पक्राउ

शेयर गर्नुहोस्

काठमाडौँ — म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।  युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जेन दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् ।
मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *