देश विदेश

सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने, टिकट संगै होटलको खर्च तिर्नुपर्ने(सबै जानकारी )

शेयर गर्नुहोस्

२१ अगस्ट २०२०

नेपाल सरकारले भदौ १६ गतेदेखि लागू हुने गरी शर्तसहित अन्तर्राष्ट्रिय उडान गर्न दिने निर्णय गरेको छ ।
पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, अमेरिका, क्यानडा युरोपेली देश, अस्ट्रेलिया र हङकङबाट नेपालमा नियमित उडान गर्न दिने सरकारले निर्णय गरेकाे छ । तर ती उडानमा नेपाली नागरिक, नेपालमा रहेका विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी र विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधि मात्रै आउन पाउने छन् । नेपाल आउनेले जहाज चढ्नु ७२ घण्टा अघिको प्रमाणपत्र देखाउनुपर्ने र नेपाल आउने फारम भरेको र होटल बुकिङको प्रमाण देखाउनुपर्नेछ । उनीहरुले सात दिन होटल क्वरेण्टीन बस्ने खर्च पनि टिकट काट्दा नै बुझाउनुपर्नेछ । सरकारले तोकेका मापदण्ड विपरीत यात्रु बोकेर आएका जहाजलाई कारबाही गर्ने भएको छ ।
पीसीआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतार र अन्य देशबाट नियमित उडानबाट भने यात्रु ल्याउन नपाइने भएको छ । नियमित उडानको लागि अनुमति नभएका देशमा भने चार्टर्ड उडानमार्फत श्रमिकको उद्धार गर्न सकिने सरकारले जनाएको छ ।
यस्तै सरकारले फेरि उद्दार उडान सुरु गर्ने भएको छ । दैनिक पाँच सयभन्दा नबढ्ने गरी विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने सरकारले निर्णय गरेको छ । सरकारले उद्धार गर्नेहरुको सूचीमा राखेकाहरुको क्वरेण्टीन खर्च सरकाले बेहोर्ने भए पनि अन्य यात्रुले होटल क्वरेण्टीनको खर्च आफै बेहोर्नुपर्नेछ । विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचनामार्फत पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार पाँचतारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले प्रतिदिन ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा बस्नेले २५ सय र पर्यटक स्तरीय होटमा बस्नेतले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।होटल क्वरेण्टीनको सूची र मूल्य विवरण यस्तो छ :

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *