साइप्रस न्युज

शनिबार पनि ११ मा कोरोना, मास्क नलगाउने नेपालीलाई जरिवाना

शेयर गर्नुहोस्

कोरोना अपडेट २२ अगस्ट २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देखिएका कोरोनाका नयाँ सन्क्रमित बारे जानकारी दिएको छ। जानकारी अनुसार ३४४६ परिक्षणमा ११ जनामा कोभिड् १९ पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार कन्ट्याक्ट ट्रेसिङ मार्फत १६६ जना मध्य ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । साथै एयरपोर्ट मा लिइएको २०९८ नमुनाको  परिक्षणमा तीन जनामा सो भाइरस देखिएको हो । सरकारले दिएको दश हजार टेस्ट  कार्यक्रम मार्फत ४९१ नमुना लिईएको थियो जसमध्य दुइमा कोरोना पुष्टि भएको थियो। आफ्नो इच्छाले जाँच गराउने व्याक्तीहरु बाट ५४४ नमुना संकलन गरि परिक्षण गर्दा दुई मा कोरोना भेटिएको थियो जसमा एक व्याक्ती हालै विदेश यात्रा गरेको बताइएको छ। हिजो शुक्रवार पनि एघार जना सन्क्रमित फेला परेका थिए ।आजको तथ्यांक सहित कोरोना सन्क्रमित को संख्या १४१७ पुगेको छ भने २० जना को मृत्यु भै सकेको छ।

नियम मिच्नेलाई कारवाही
कोरोना संक्रमण रोक्ने प्रयास अन्तरगत सरकारले लागु गरेको निर्देशन पालना गरे/नगरेको बारे प्रहरीले विभिन्न जिल्ला र शहरमा अनुगमन गरिरहेको छ। साइप्रस प्रहरीले बितेको २४ घन्टामा छ सय त्रियासी चेकिङ गरेको छ। प्रहरीका अनुसार तेह्र व्यवसायिक प्रतिष्ठान र सात जना आम नागरिकलाई नियम उल्लघन गरेकोमा कारवाही गरेको हो । मास्क अनिवार्य प्रयोग गर्न सरकारले आग्रह गरिरहेको छ । सपिङ्ग सेन्टर, पसल तथा बेकरि , बैन्क र भिडभाड हुने स्थानमा मास्क अनिवार्य गरिएको छ। नियम मिच्नेलाई तीन सय युरो जरिवाना तिर्नु पर्ने छ। पछिल्लो केही हप्ता मा लिमासोल र निकोसियामा केही नेपालीलाई मास्क प्रयोग नगरेको भनि तीन सय युरो जरिवाना गरिएको जानकारी साइप्रसनेपाल डट्कमले पाएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *