नझुक्किनुस कुलमान घिसिङको पुन: नियुक्ति भएकै छैन

शेयर गर्नुहोस्

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ मा सकिँदैछ। उनको पदावधि सकिनै लाग्दा उनलाई फेरि सोही पदमा दोहोर्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार साँझ एक अनलाइनले उनलाई मन्त्रिपरिषदले सोही पदमा निरन्तरता दिएको खबर आयो। सो खबर आएसँगै उनलाई बधाइको आइरो लागेको छ।

सामाजिक सञ्जालहरुमा कुलमानले बधाइ पाइरहेका छन्। तर, जतिबेला उनको पुनर्नियुक्तिको समाचार प्रकाशित भयो त्यतिबेला मन्त्रिपरिषदको बैठक भर्खर शुरु भएको थियो। उर्जामन्त्री वर्षमान पुनले पनि कार्यकारी नियुक्ती सम्बन्धी कुनै प्रस्ताव मन्त्रिपरिषदमा नलिएको बताइसकेका छन्। अथवा मंगलबार कुलमानबारे कुनै निर्णय भएको छैन। तर, सामाजिक सञ्जालमा भने उनले लगातार बधाइ पाइरहेका छन्। दैनिक १८ घण्टासम्मको विद्युत कटौती भोगिरहेको नेपालीलाई उनले विद्युत कटौतीबाट मुक्त गरिदिएपछि उनको लोकप्रियता बढेको छ। त्यसैले पनि उनलाई पुनः कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज जनस्तरबाट उठिरहेको छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *