महत्वपूर्ण जानकारी

विदेशबाट आउने नेपाली यात्रु र एयरलाइन्सका लागि शर्तै शर्त

शेयर गर्नुहोस्

काठमाडौं । १ सेप्टेम्बरबाट सरकारले नियमित र चार्टर्ड दुबै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । वायुसेवा कम्पनीले समेत उडान अनुमति पाएका छन् ।तर, कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडान भने शर्तैशर्तका बीचमा हुने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको उडान तालिका उल्लेख भएअनुसार नेपाल आउने नागरिक र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले करिब एक दर्जन शर्तको पालना गर्नुपर्छ ।

पीसीआर रिर्पोट नेगेटिभ अनिवार्य
अब नियमित उडानबाट नेपाल आउने हरेक यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ । त्यो पनि ७२ घण्टा भित्रको । पीसीआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिंग पास दिनु पर्ने भएको छ । सबै यात्रु पीसीआर नेगेटिभ भए घर जान पाइने
अब एउटै उडानबाट आएको सबै यात्रुको साथमा पीसीआर परीक्षणको नेगेटिभ नतिजा रिर्पोट भएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड १९ व्यवस्थापन केन्द्रले गर्नेछ । यात्रुले आफ्नो स्वास्थ्य अवस्थाको जानकारी समेत सम्बन्धित स्थानीय तह र केन्द्रमा नियमित जानकारी गराउनु पर्ने गरी शर्त राखिएको छ ।

अनलाइन फारम अनिवार्य
अब नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नु भन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र -सीसीएमसी)को वेवसाइटमा राखिएको फारम भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथ ल्याउनु पर्नेछ । कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनु पर्ने शर्तसमेत राखिएको छ ।पीसीआर भएको र नभएको यात्रु एउटैमा ल्याउन नपाइने
अब एउटै जहाजबाट पीसीआर नेगेटिभ आएको र परिक्षण नै नगरेका यात्रुलाई ल्याउन वायुसेवा कम्पनीले पाउने छैनन् । कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ ।

नियमितमा परीक्षण नगरेका यात्रु ल्याए कारवाही
सरकारले पीसीआर परीक्षण सम्भव नहुने नेपाली रहेका स्थानमा चार्टर्ड उडान राखेको छ । तर, नियमित उडानमा भने अब पीसीआर नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको शर्त पालना नगरी यात्रु ल्याएमा भने त्यसको सजाय वायुसेवा कम्पनीले पाउने भएका छन् । त्यसरी ल्याएमा एकातर्फ कानुन अनुसार कारवाही हुने र अर्कोतर्फ यात्रुको खर्चसमेत एयरलाइन्सले भर्नुर्ने गरी शर्त राखिएको छ ।नेपाली बाहेक विदेशीको हकमा परिचयपत्र अनिवार्य
सरकारले पहिलो चरणको नियमित उडानका दौरान विदेशबाट नेपाली नागरिक बाहेक कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई मात्र आउन अनुमति दिएको छ । यस्ता व्यक्तिलाई बोर्डिङ  पास दिने क्रममा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट हेर्नु पर्नेछ । कन्सुलर विभागले जारी गरेको परिचय पत्र नभएमा आफु कार्यरत संस्थाले जारी गरेको परिचय पत्रलाई आधार मानेर वायुसेवा कम्पनीले जहाज चढाउन सक्ने भएका छन् ।

भिसाको जिम्मा विभागलाई
कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई दिने भिसाको सम्बन्धमा भने अध्यागमन विभागको निर्देशनअनुसार निर्णय हुने भएको छ ।विभागले अहिले अनअराइभल भिसा बन्द गरेका कारण भिसा लिन भने सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा सम्पर्क गर्नुपर्छ ।

पहिलोपटक आउनेलाई नियुक्ति पत्रबाट छूट
कुनै पनि कुटनीकि वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइने भएको छ  । यस्ता व्यक्तिको पनि पीसीआर परीक्षणसहित अन्य प्रावधान भने नेपालीलाई सरह लागू हुनेछ ।

स्वास्थ्यको मापदण्ड अनिवार्य
नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भएको छ । उता, वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै निर्देशन समेत जारी गरेका छन् ।वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउने छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटेलको सूचि सार्वजनिक भइसकेको छ ।क्वारेन्टिनमा बस्नै पर्ने यात्रुले अग्रीम होटेल बुकिङ गर्नुपर्नेछ । सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर्ड तथा नियमित उडान बन्द हुन सक्ने समेत मन्त्रालयले राखेको शर्तमा उल्लेख छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *