ताप्लेजुङमा चट्याङ लागेर ६ जना घाइते, एकको अवस्था गम्भीर

शेयर गर्नुहोस्

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुमा मंगलबार अपरान्ह परेको चट्याङ लागेर एकजना सिकिस्त भएकी छन्। स्थानीय लोकेन्द्र भट्टराईकी ३० वर्षीया श्रीमती दुर्गा बिष्ट भट्टराईलाई चट्याङले हानेपछि उनलाई अचेत अवस्थामा उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ ल्याईदैं छ।  उता, सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकमा मंगलबार अपरान्ह परेको चट्याङ लागेर तेल्लोकका २ र पेदाङका ३ गरी ५ जना सामान्य घाइते भएका छन्। उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

तेल्लोकस्थित पेल्ट्रिक सेटको पावर हाउस र स्थानीय रामकुमार थेबे र राजकुमार थेबेको अलैंची बारीमा चट्याङ लागेको थियो।  डिएसपी श्रेष्ठका अनुसार पेल्ट्रिक सेटको पावर हाउस भित्र बसेको अवस्थामा चट्याङ लागेर स्थानीय ३५ वर्षीय कुमार थेबे सामान्य घाइते भएका छन्। यस्तै सोहि ठाउँका १७ वर्षीय उमेश थेबे, सिरिजङ्घा गाउँपालिका वडा नं ५ पेदाङका ५० वर्षीय अर्थमान मावो, निजकी श्रीमती ४९ वर्षीया नरमाया मावो र निजका ६ वर्षीय छोरा अतिप मावो सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।

स्रोत :nagariknews

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *