देश विदेश

दलित र विपन्नले पढ्न नपाउने एउटा जिल्ला, जहाँ विद्यालय त्यागेर श्रम गर्नुपर्छ

शेयर गर्नुहोस्

जाजरकोट/काठमाडौं । जाजरकोट जिल्लाका अधिकांश दलित तथा विपन्न समुदायका बालवालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । आर्थिक, भौगोलिक, पारिवारिक समस्याका कारण जाजरकोटका दलित समुदायका बालबालिकाहरु शिक्षाको पहुँचबाट बन्चित हुनु परेको हो ।

बारेकोट ६ ताँसीकी, माया विक आर्थिक अभावकै कारण विद्यालय छोड्न बाध्य भईन । अहिले उनका साथीहरु स्कुल जाने बेलामा उनी डोको र नाम्लो बोकी जंङगल तीर लाग्छिन् । यस्तै ताँसीकै तारा विकको १० वर्षकै उमेरमा आमाको मृत्यु भयो । मृत्यु पश्चात उनी विद्यालय भन्दा घर सम्हाल्न बाध्य भएकी छन् ।

पढाई छाडेर श्रम गनुपर्ने बाध्यता
जिल्लाभरिका अधिकाँश दलित तथा विपन्न समुदायका बालवालिकाहरु पढाई भन्दा श्रममा धेरै समय बिताउँने गरेका छन् । १४ वर्षका खिमराज विक आर्थिक अभावकै कारण कक्षा ५ बाटै विद्यालय छोडेर भारत गएको स्थानीय कालीबहादुर विकले बताए । यता, बिहान पशुबस्तुलाई घाँस ल्याई घरको काम भ्याएर विद्यालय जानुपरेको बारेकोट ५ की हिरा नेपाली बताउँछिन् । “आफना सबै साथीहरु गृहकार्यको तयारीमा हुन्छन् । विडम्बना आफु भने डोको र नाम्लोको तयारी गर्नुपर्छ ।” हिराले बताईन ।

यी बालबालिका प्रतिनिधी पात्र मात्र हुन् । जाजरकोटका सातवटै स्थानीय तहका बालबालिकाहरुको अवस्था यस्तै छ । घरमा बिहान र बेलुका हातमुख जोड्न धौधौ पर्ने दलित तथा विपन्न समुदायका कैयौ बालबालिकाहरु शिक्षा त्यागेर श्रम गर्न विवश छन् । संविधानमा दलित तथा विपन्न बालबालिकाहरुलाई उच्च शिक्षा सम्म निशुल्क गर्ने व्यवस्था गरिएको छ । तर जाजरकोटको यो अवस्थाले निशुल्क शिक्षा कागजमा मात्र सिमित भएको देखाएको छ । पढाईलाई जेनतेन निरन्तरता दिएका बालबालिकाहरु अहिले चर्को शुल्क तिर्दै आएको गुनासो गर्छन ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *