मर्स्याङ्दीमा सवारी खसेको अनुमान, गोताखोरको सहयोगमा खोजी कार्य जारी

शेयर गर्नुहोस्

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिकबाट बुधबार बिहान सवारी खसेको अनुमान गरिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–२ ऐना पहरा नजिकबाट मर्स्याङ्दी नदीमा सवारी साधन खसेका आशंका गरिएकाले खोजी कार्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए। सवारी खसेको होकी होइन भन्ने एकिन भने भइनसकेको उनको बताए। ‘सवारी साधन यो भन्ने देखिएको छैन, सिसिटिभी फुटेजमा प्रहरीले सडकको बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएकाले त्यही हो की भन्ने अनुमान गरेका छौँ,’ उनले भने।

घटनास्थलको प्रकृति हेर्दा सवारीसाधन खसेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले बताए। घटनास्थल हेर्दा कुनै सवारी साधन नदीमा खसेको देखिएको छ,’ उनले भने सशस्त्रको गोताखोर टोलीले खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक थापाले बताए।

नदीको सबैभन्दा गहिरो भाग रहेकाले कुनै सवारी देखिएको छैन,’ उनले भने। मर्स्याङ्दी नदीमा पानीको बहाव उच्च रहेकोले खसेको सवारी साधन समेत देख्न कठिन भएको प्रहरी निरीक्षक थापाले बताए। ‘सडकको डिभाइडर भाँचेर कुनै सवारी साधन नदीमा खसेको जस्तो देखिएको छ,’ उनले भने।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *