देश विदेश

नेपाल एयरलाइन्सले तोक्यो नियमित उडान भाडा, महंगो टिकट नकाट्न सरकारको आग्रह

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ । अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडा लिएर नेपालमा उडान भर्न पाउने छैनन ।

निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिन्छ । सोही अनुसार निगमले चार वटा गन्तब्यका लागि क्लासअनसारको भाडा तोकेको छ । पर्यटन मन्त्रालयले अब नियमित उडान भर्ने विदेशी एयरलाइन्सले समेत निगमले तोकेकै भाडादरमा यात्रु बोक्नुपर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन मन्त्रालयले निर्देशन नै दिइसकेको छ ।

नेपाल एयरलाइन्सले तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएको जानकारी गराएको छ । निर्धारित भाडादर भन्दा बढी रकम तिरी कसैले पनि टिकट खरिद नगर्न निगमले सबै यात्रुहरुलाई आग्रह गरेको छ ।

यस्तो छ भाडादर

 


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *