ढोरपाटनमा बाढी : ११ जनाको शव फेला, कम्तीमा ३० जना बेपत्ता, ३१ घर बगायो

शेयर गर्नुहोस्

बागलुङ – (अपडेट) बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।Baglung nepal flood 2020

सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३०जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले ३१ घर र एउटा स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको छ । मृत फेला परेका ११ जनामध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ । अरु ६ महिला र चार पुरुषको पहिचान नभएको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन् । बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने उनले बताए ।Baglung flood

जिल्ला प्रहरी कार्यालय बागलुङकासूचना अधिकारी रेग्मीले भनेका छन्, ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।’

अरिवरल वर्षासँगै बुधबार मध्य रातिमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।Baglung flood

 

Baglung flood 2020

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *