देश विदेश

रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप, १७ जना घाइते

शेयर गर्नुहोस्

रौतहटमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा दुई प्रर्दशनकारी सहित १५ जना भन्दा बढी प्रहरी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गरुडास्थित प्रहरी हिरासतमा कुटपिटबाट ज्यान गुमाएका विजय रामको हत्यारालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडी जारी रहेको धर्ना प्रदर्शनको क्रममा एक्कासी ढुंगामुढा हुन थालेपछि प्रहरी र प्रदर्शनकारी बीच दोहोरो झडप हुँदा दुई जना प्रदर्शनकारी महिलासहित १५ जना प्रहरी घाइते भएका छन्।

Rautahat nepal murder case

गत साउन ३१ गते गरुडा ८ का २२ वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या भएको  थियो। सोही हत्या आरोपमा सात जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये २० वर्षीय विजय रामलाई प्रहरीले चरम यातना दिएर हत्या गरेको विरोधमा भदौं ११ गतेदेखि चरणबद्ध रुपमा निरञ्जन राम र विजय राम संयुक्त संघर्ष समिति नै बनाएर दलित अधिकारकर्मीहरु आन्दोलित भएका छन्।  

बिहीबार साँझ साढे ५ बजेको समयमा इप्रका गरुडामाथि आन्दोलनकारीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज गर्दै १२ राउण्ड भन्दा बढी अश्रुरग्याँस समेत प्रहार गरेको छ।लाठी चार्जबाट अनसनमा बसेकी २ जना महिला घाइते भएका छन्। घाइतेको उपचार गरुडास्थित अनामिका हस्पिटलमा भइरहेको दलित अधिकारकर्मी धर्मेन्द्र पासवानले बताए। आन्दोलनकारी चलाएको ढुँगा, रोडाले १५ जना भन्दा बढी सुरक्षाकर्र्मी घाइते भएका छन्।  झडप उग्र बन्दै गएपछि अवस्थालाई नियन्त्रणमा लिन टियरग्यास प्रहार गरेको प्रहरीले जनाएको छ। टियरग्यास प्रहारबाट प्रदर्शनकारीहरु तितरवितर भएका छन्।  

घाइते प्रहरीको स्थानीय हेल्थ ल्याण्ड अस्पतालमा उपचार भईरहेको छ। प्रदर्शनकारीहरुले एक्कासी सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले आत्म रक्षार्थ लाठी चार्ज र टियर ग्यास प्रहार गरेको रौतहट प्रहरीको भनाइ छ।  

रौतहट प्रहरी प्रमुखको पनि सरुवा 

रौतहटमा पछिल्लो पटक धेरै अपराधिक घटना हुनुका साथै ईलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा रहेका कर्तव्य ज्याम मुद्दाको अभियुक्तलाई प्रहरीले चरम यातना दिएको कारण मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुख एसपी रबीराज खडकालाई काज सरुवा गरेका छन्।  

पछिल्लो तीन साताको समय रौतहट जिल्लामा शान्ती सुरक्षाको अवस्था निकै कमजोर रहेको जताततै हत्या हिंसाको घटनामा वृद्धि हुँदै गएपनि त्यसलाई नियन्त्रण गर्न नसक्दा प्रहरी प्रधान कार्यालय एसपि रबीराज खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो। उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ। गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीबाट पाएको यातना खप्न नसकेर विजय रामको मृत्यु भएको देखाएको छ। अनुन्धान गर्न आदेश दिएका प्रहरी निरीक्षक नविन सिंहलाई गृह मन्त्रालयको सचिव स्तरिय निर्णयबाट ६ महिनाको लागि निलम्बन गरिएको छ भने प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी हवल्दार मुन्नुकुमार सिंह र हिरोज मिया धुनियालाई निलम्बन गरिसकेको छ।

निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार गरुडा हत्या प्रकरणमा एसपी खड्काको कमाण्ड कमजोर नेतृत्व देखिएकोले रौतहटको शान्ति सुरक्षाको स्तर खस्कीदै गएको थियो। प्रहरी प्रधान कार्यालय, नक्सालले गरुडा प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेएको थियो। हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ।  

घटना छानविन गर्न प्रदेश २ सरकारले गर्यो ५ सदस्यीय टोली गठन

इलका प्रहरी कार्यालयल गरुडाको प्रहरी हिरासतमा निर्घात कुटपिट गरी चरम यातनाको कारण ज्यान गएको विजय रामको विषयलाई लिएर आन्दोलित रहेका दलितहरुलाई उचित सम्बोधन गर्न प्रदेश २ सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।  

प्रदेश २ मा पछिल्लो समय निरन्तर रुपमा हत्या हिंसाका घटना बढ्न थालेपछि ति घटनाको बस्तुनिष्ट छानविनको लागि मुख्यमन्त्रि लालबाबु राउतको अध्यक्षतामा गठित जातिय विभेद तथा छुवाछुत अनुगमन समितिको बुधबार बसेको पहिलो बैठकले प्रदेश २ का आन्तरिक मामिला मन्त्रि ज्ञानेन्द्रकुमार यादवको संयोजकमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो।  

रौतहटको गरुडा नगरपालिका र माधवनारायण नपाको पुजारी हत्याकाण्ड घटनाको छानविन गर्न पाच सदस्यीय प्रदेश स्तरी कमिटी गठन गरेको छ।  

छानविन कमिटीले घटनाको यार्थाथ छानविन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयसीमा तोकिएको छ। उक्त समितिमा प्रमुख प्रतिपक्षी दल नेकपाका सचेतक एवं अनुगमन समितिका सदस्य सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सुनितादेवी मोची, प्रमिलादेवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन भएको मुख्यमन्त्री तथा परिषदको कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *