साइप्रस न्युज

शुक्रबार रेकर्ड तोड गर्मी, ४६ डिग्री पुग्ने पुर्वाअनुमान

शेयर गर्नुहोस्

३ सेप्टेम्बर २०२०
शुक्रबारको मौसम अत्यन्तै गर्मी हुने मौसम विभागले बताएको छ । मौसम विज्ञान सेवा का निर्देशक क्लेनथिस निकोलाइड्सले जानकारी दिदै साइप्रसको तापक्रम 45 देखि 46 डिग्री सेल्सियस सम्म सम्म पुग्न सक्ने अनुमानरहेको बताउनु भयो ।


मौसम सफा रहे पनि तापक्रम भने बिस्तारै बढ्दै जाने छ। साइप्रस टापुको अत्याधिक तापक्रम आज सम्मकै रेकर्ड सन् २०१० अगस्ट १ तारिख भएको थियो। बिभागका अनुसार भोलि यो रेकर्ड टुट्न सक्छ। पछिल्लो केही दिनमा तापक्रममा वृद्धि भैरहेको छ जसलाइ मौसम विभागले पहेलो र रातो सतर्कता संकेत जारी गरि सकेको छ।
(इन साइप्रस बाट )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *