मर्डर पछि टाउको लिएर प्रहरी चौकी पुगे पछि(अपडेट)

शेयर गर्नुहोस्

४ सेप्टेम्बर /धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका छन् ।स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई विहिबार बेलुका खुर्पाले हानेर हत्या गरेका हुन् । सामान्य विवाद हुदाँ गुरुङको घरभन्दा केही पर सडकमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए ।हत्या गरिएका युुवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताए ।

के भएको थियो ?

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका २६ वर्षिय राजु परियार दिनभर निर्माणको काम गर्थे ।

मिस्त्रीको काम गर्ने उनी विहिबार साँझ काम गरेर घर फर्कदै थिए । बाटोमा ६५ वर्षिय सोमबहादुर गुरुङ मदिरा पिएर बसिरहेका रहेछन् ।

राजुले सोमबहादुरलाई सोधे, ‘यति राति कता हिँडेको बाबै ?’ सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले ।

‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे । तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हाने ।

कुटाई खाएपछि राजु सरासर घर गए र झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए । त्यसपछि उनले गुरुङमाथि खुर्पा प्रहार गरि हत्या गरे ।

हत्यापछि उनी राती करिब ११ बजे साङकोषको खाल्चेतबाट हिँडेरै जिल्ला प्रहरी कार्यालयमा आए । झोलामा रहेको सोमबहादुरको टाउको देखाएर मैले हत्या गरेँ मलाई कारबाही गर्नुस् भन्दै प्रहरी समक्ष आत्म समर्पण गरे

सामान्य विवाद हुदाँ खुर्पाले हानेर हत्या गरी राती १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको एसपि रेग्मीले बताए ।घटनाको विस्तृत अनुसन्धानपछि मात्र खुल्ने उनले बताए

Murder
Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *