ललितपुर रथयात्रामा प्रहरीलाई ढुंगा हान्ने युट्युबर पक्राउ

शेयर गर्नुहोस्

काठमाडाैँ- बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्।उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप भएको थियो। सुरुमा रथ तानिरहेका बेला प्रहरी हस्तक्षेप गरेर तितर वितर बनाएको भीड फेरि थप संख्यासहित रथ तान्न पुगेपछि पुल्चोक क्षेत्र रणमैदान जस्तै बनेको थियो। प्रहरीले भीड नियन्त्रण गर्न लाठी, अश्रुग्यास र पानीको फोहोराले प्रहार गरेपछि जवाफमा स्थानीय नेवार समुदायका युवाहरुले ढुंगामुढा, गुलेलीले आक्रमण गरेका थिए।

प्रहरीमाथि घरको छत छतबाट समेत घरेलु वस्तुले आक्रमण गरिएको प्रहरीले जनाएको छ। दोहोरो झडपका क्रममा आक्रोशित भीडले प्रहरीमाथि सामूहिक आक्रमणसमेत गरेर गम्भीर घाइते बनाएको छ भने प्रर्दशनकारी तर्फ पनि केही घाइते भएका छन्।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *