प्रदेश सांसदको अश्लिल च्याट सोसल मिडियामा लिक भए पछि

शेयर गर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको छ।एक युवतीसंग म्यासेन्जरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाइएकोले साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिए।  सामाजिक सञ्जालमा बाहिरीएको सो च्याटमा उल्लेखमा भएका शब्द र च्याटमा मुछिएका व्यक्तिहरुका बारेमा छानबिन गर्न नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलले दिएको प्रतिबेदन र च्याट प्रकरणमा जोडिएका व्यक्तिहरुसंगको छुट्टाछुट्टै छलफल पछि नेकपा ताप्लेजुङको कार्यालय टिमले कारवाहीसहितको निर्णयलाई अनुमोदन गरेको इञ्चार्ज काफ्लेले जानकारी दिए।  उनका अनुसार सचिवालय सदस्य तथा प्रदेशसभा सांसद साँवाले आफूबाट अब उप्रान्त यस्ता कमि कमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन्। संगै उनलाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटीबाट भने निलम्वन गरिएको काफ्लेले बताए। साँवा र अर्की एक युवती बीच भएको च्याट सामाजिक सञ्जालमार्फत कसरी बाहिरियो भन्ने विषयको अनुसन्धान चलिरहेको समेत काफ्लेले जानकारी दिए।

यस्तै नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले आत्माआलोचना गरेपछि दुबै माथि पार्टीले कुनै कारवाहीको प्रकृया अघि बढाएन। च्याटमा प्रदेश सांसद साम्सोहाङलाई समेत प्रदेश सांसद साँवा र अर्की एक युवती बीचको बिवादमा मुछिएको थियो।च्याटमा उल्लेख भएका अस्लिल शब्द सामाजिक सञ्जालमार्फत बाहिरिएपछि नेकपा ताप्लेजुङले जिल्ला इञ्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश कमिटि सदस्य मिङ्माडण्डु शेर्पा र प्रदेश सल्लाहकार परिषद् सदस्य रामप्रसाद सुबेदी सदस्य रहेको छानबिन कार्यदल बनाएको थियो।  प्रदेश सांसद साँवा र अर्की युवती बीच भएको च्याट प्रकरण सामाजिक सञ्जालमार्फत कसरी बाहिरीयो भन्ने बारेमा प्रहरीमार्फत अनुसन्धानको प्रकृया पनि चलिरहेको छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *