देश विदेश

नेपालमा कोरोना : ४५ हजार बढीमा संक्रमण, २८० को मृत्यु

शेयर गर्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारदेशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार साँझसम्मको आँकडा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र ४०८ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

प्रदेश १ का जिल्लाहरु
इलाम एक जना, उदपयुरका ३ जना, ‍ओखलढुंगाका २ जना, झापाका ७ जना, सुनसरीका २० जना र मोरङका ३५ जना

प्रदेश २ का जिल्लाहरु
धनुषाका ७ जना, पर्साका १० जना, बाराका १३ जना, महोत्तरीका २६ जना, सप्तरीका २० जना, सर्लाहीका १७ जना र सिरहका ४१ जना

बागमती प्रदेशका जिल्लाहरु
काठमाडौंका ३२६ जना, काभ्रेका ६ जना, चितवनका ४५ जना, दोलखाका ६ जना, धादिङका १० जना, नुवाकोटका एक जना, भक्तपुरका ४५ जना, मकवानपुरका ३५ जना, रामेछापका ५ जना, ललितपुरका ३७ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका जिल्लाहरु
कास्कीका २३ जना, गोरखाका १७ जना, तनहुँका ३ नवलपरासी पूर्वका ५ जना, पर्वतमा एकजना, लमजुङका २२ जना, बाग्लुङका ६ जना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि ।

प्रदेश ५ का जिल्लाहरु
अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, गुल्मीका ६जना, दाङका ३९ जना, नवलपरासीका १३ जना, पाल्पाका ३ जना, प्युठानका एकजना, बर्दियाका ७ जना, बाँकेका ६२ जना, रुपन्देहीका ७१ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि ।

कर्णाली प्रदेशका जिल्लाहरु
जाजरकोटका ३ जना, दैलेखका ३ जना, सल्यानका २ जनामा कोरोना पुष्टि ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरु
कंचनपुरका ५ जना, कैलालीका ४ जना, डडेल्धुराका एकजना, डोटीका २ जना र बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि ।

थपिए ९ जना मृतक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनासंक्रमितको मृत्यु भएको छ । मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै पर्साका ७५ वर्षका पुरुष, महोत्तरीका ७८ वर्षका पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

कोरोना जित्नेको संख्या २७ हजार १२७ पुग्यो
पछिल्लो २४ घण्टामा देशका विभिन्न कोभिड अस्पतालबाट १ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २७ हजार १२७ पुगेको छ ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *