देश विदेश

बालकले खेल्दाखेल्दै जिउँदै सर्प निले, आमाले मुखमा पुच्छर देखेपछि तानेर निकालिन्

शेयर गर्नुहोस्

काठमाडौं। एक वर्षका बालकले खेल्दाखेल्दै जिउँदै सर्प निलेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । आफ्नो घरमा खेल्दाखेल्दै ती बालकले सर्पको बच्चा जिउँदै निलेका थिए । बालककी आमाले सर्पको पुच्छर बालकको मुखमा देखेपछि त्यही पुच्छर समातेर तानेर सर्प बाहिर निकालेकी थिइन् ।टाइम्स अफ इण्डियाका अनुसार घटना उत्तर प्रदेशको बरेली जिल्लाको हो ।

बालकले खेल्दाखेल्दै जिउँदै सर्प निले, आमाले मुखमा पुच्छर देखेपछि तानेर निकालिन्
निलेको सर्प

बरेलीको फतेहगंज पश्चिमी थानाक्षेत्र भोलापुरमा भएको घटनामा आमाले पुच्छर समाचेर सर्प मुखबाट बाहिर निकालेपछि बालकलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । बालकका पिता धर्मपालका अनुसार शनिबार उनका छोरा घरमा खेलिरहेका बेला बालकको नजिकै सर्पको बच्चा आयो । बालकले त्यसलाई टिपेर मुखमा राखे । सर्प विस्तारै भित्र जान थाल्यो । बालककी आमाले देखेपछि हतारहतार पुच्छर समातेर र्प बाहिर निकालिन् । त्यतिबेलासम्म सर्प मरिसकेको थियो । डाक्टरहरुका अनुसार बालक पनि खतरामुक्त छन् । उनलाई उपचारपछि घर पठाइएको छ 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *