देश विदेश

कोरोना भाइरसबाट ८० हजार २१६ नेपाली संक्रमित, ६० हजार ११६ जना निको भए, ४८० जनाको मृत्यु

शेयर गर्नुहोस्

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या ८० हजार नाघेको छ । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशहरुमा ८० हजार २ सय १६ जनामा नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिको तथ्याङकले देखाउँछ । यो नेपालबाहिर रहेका कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।

संयोजक सापकोटाका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको उनले जानकारी दिए ।

यस्तै शनिबारसम्म नेपालमा मात्रै ४५ हजार २ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या औसतमा ६० प्रतिशत रहेको छ ।

४८० नेपालीको मृत्यु

हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ४८० पुगेकाे एनआरएनए स्वास्थ्य समितिले जनाएको छ । समितिका अनसुार शनिवार साँझसम्म नेपालबाहिर विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । नेपालबाहिर विभिन्न १६ देशमा कोरोनाको कारण नेपालीले ज्यान गुमाएका छन् ।

कोरोनाको संक्रमणबाट बेलायत,अमेरिका, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वेडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा नेपालीहरुको ज्यान हो ।

त्यस्तै शनिबार साँझसम्म नेपालमा २ सय ८० जनाको कोरोनाको कारण ज्यान गएको छ । योसँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ४८० पुगेको हो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *