देश विदेश

सिड्नीमा नेपाली पत्रकारले जिते स्वयंसेवी वर्ष अवार्ड

शेयर गर्नुहोस्

सिड्नी, अष्ट्रेलियाकाे न्यु साउथ वेल्स राज्यले हरेक वर्ष प्रदान गर्ने स्वयंसेवी अवार्ड यसपाली नेपाली युवाले जितेका छन् ।
सिड्नीमा रहेर पत्रकारिता गर्ने तथा समाजसेवामा सक्रिय रहनुभएका ऋषि आचार्यले दक्षिणी सिड्नी अन्तगर्त वयश्क स्वयंसेवक विधामा अवार्ड जित्नुभएको हो ।
न्यु साउथ वेल्स सरकारको अनुदानमा संचालित द सेन्टर फर भोलेन्टियर भन्ने संस्थाले राज्यभरीका स्वयंसेवकहरुबाट उत्कृष्ट काम गर्नेहरुमध्येलाई अवार्ड प्रदान गर्दै आएको छ । नेपाली समुदायमा संचारक्षेत्रबाट पुर्याएको योगदान, कोभिड १९ का बेलामा गरेको सहयोग र असक्तहरुलाई सरकारी सुविधामा पहुच पुर्याउन खेलेकाे भुमिकाका लागि आचार्यलाई यो अवार्ड प्रदान गरिएको हो ।
अष्ट्रेलियामा फसिरहेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आचार्यले खेलेको भूमिका, उनीहरुको पिसिआर टेष्ट गर्न पुर्याएको सहयोग निकै महत्वपुर्ण रहेको बताइएको छ । त्यस्तै नेपाली समुदायका शारिरीक रुपले असक्तहरुलाई सरकारी सहयोग उपलब्ध गराउन खेलेको भूमिका पनि अवार्ड जित्नुको अर्को महत्वपुर्ण पक्ष हो ।
नेपाल ट्युब संग कुरा गर्दै पत्रकार ऋषी आचार्यले यो अवार्ड पाउदा आफु अच्चमित भएको बताउनुभयो । ‘यस्तो अवार्ड पाइएला भनेर सोचेकै थिईन, अचानक इमेलमा अवार्ड पाएको खबर पाएपछि अच्चममा परे’- आचार्यले भन्नुभयो -‘समाजसेवामा अझै केही गर्न यो अवार्डले हौसला प्रदान गरेको छ ।’

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउपालिकामा जन्मनु भएका आचार्य सन् २००८ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आउनुभएको हो ।
लगत्तै नेपाली समुदायमा नेपाली पत्र पाक्षिक अखबार प्रकाशन सुरु गर्नुभएका आचार्य हाल नेपलिज अष्ट्रेलियन भन्ने अनलाईन पोर्टल चलाउनुहुन्छ । आचार्य अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाका सह अध्यक्ष समेत हुनुहुन्छ ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *