देश विदेश

परिमार्जनसहित उपत्यकाको निषेधाज्ञा थपिने

शेयर गर्नुहोस्

काठमाडौं। काठमाडौँ उपत्यकामा भदौ तीन गतेदेखि जारी निषेधाज्ञाको अवधि बुधबार रातिबाट सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका थिए। निषेधाज्ञाका विषयमा छलफल गर्न आज (बुधबार) उपत्यकाका तीनवटै जिल्लाका प्रजिअरुको बैठक बस्दैछ।

बैठकले जारी निषेधाज्ञा केही परिमार्जन गर्ने बताइएको छ। २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको भन्दै निषेधाज्ञा परिमार्जन गर्ने तयारी गरिएको हो।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच मंगलबार निषेधाज्ञाको विषयमा छलफल भएको थियो।

छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको थियो।

निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँंग मंगलबार छलफल गरेका थिए।

दशैं, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी भएको छ।

निषेधाज्ञा परिमार्जन गरिएसँंगै उपत्यकामा कोरोना संक्रमण भयावह हुने सम्भावना छ तर त्यस्तो अवस्था आउन नदिन पीसीआर परीक्षण, क्वारेन्टाइन र संक्रमितका लागि आइसोलेसनको व्यवस्था गर्ने विषयमा छलफल भएको थियो।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *