देश विदेश

प्रदेश राजधानीकै अस्पतालमा छैनन् भेन्टिलेटर

शेयर गर्नुहोस्

काठमाडौं। प्रदेश राजधानीकै व्यक्ति स्वास्थ्य उपचारका लागि संघीय राजधानी धाउनु पर्ने वाध्यता अझै हटेको छैन। तपाईँले यो कुरा सुन्दा अच्चम मान्नु होला। तर, संघीय राजधानी काठमाडौं रहेकै बागमती प्रदेशको राजधानी हेटौंडाका सरकारी अस्पतालमा भेन्टिलेटर नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको छ।

मंगलबार राति मात्र बागमती प्रदेशको राजधानी हेटौंडाबाट दीर्घ रोगी कोरोना संक्रमित एकजना वृद्धलाई उपचारका लागि काठमाडौं ल्याइयो। जनताको घरदैलोमा सिंहदरवार भन्ने नाराका साथ ल्याइएको संघीयता र बनाइएका प्रदेश र प्रदेश राजधानीकै अस्पतालमा एउटा पनि भेन्टिलेटर नुहुँदा विमारीहरु संघीय राजधानी काठमाडौं आउन बाध्य छन्।

हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा राजु सेडाइले अस्पतालमा भेन्टिलेटर नभएको स्वीकार गरेका छन्। डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘कोरोना कै विमारी काठमाडौं पठाइयो भन्ने बारे जानकारी भएन।

तर, हेटौंडा अस्पतालमा भेन्टिलेटर नभएको सत्य हो।’ अस्पतालले केही समयभित्र भेन्टिलेटर बनाउने उनले जानकारी दिए। उनले भने, ‘भेन्टिलेटर मात्र भएर हुँदैन। आइसीयू सेट नै चाहिन्छ। आइसीयू निर्माण गर्न खर्चिलो पनि हुन्छ र थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले हामी त्यसको लागि लागिपरेका छौं। अब चाडैँ आइसीयू निमार्ण हुन्छ।’

नेपाल सरकारको गाइडलाईन अनुसार नै कोरोनाका संक्रमितलाई काठमाडौं पठाइएको हुनसक्ने उनले बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालयको गाइडलाईन अनुसार कुन अवस्थाका विमारीलाई कहाँ पठाउँने भन्ने प्रोटोकल अनुसार निज विमारीलाई काठमाडौं पठाइएको पनि हुनसक्छ।’ उनले कोरोनाको विमारीलाई काठमाडौं पठाइएको बारे आफू जानकार नभएको बताए।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *