देश विदेश

ओली-प्रचण्ड भेट, स्थायी कमिटीका एजेण्डामा छलफल

शेयर गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा स्थायी कमिटी बैठकको तयारी र एजेण्डाका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामकृष्ण बजगाईँले जानकारी दिए।

नेकपा स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ। अध्यक्षद्वयवीच पार्टीमा देखिएको विवाद समाधानका लागि गठिन कार्यदलले बुझाएको प्रतिवेदनमा औंल्याइएका विषयलाई बैठकको एजेण्डा बनाउने सहमति भएको छ। कार्यदलले पाँच वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र अध्यक्षको रुपमा पार्टी संचालन प्रचण्डले गर्नेलगायतका सुझाव दिएको थियो।

असार दश गते सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनाा माग गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो।

असार १६ गतेको बैठकमा सचिवालयका पाँचजना नेतासहित ११ स्थायी कमिटी सदस्यले उनको राजीनामा मागेका थिए भने असार १८ गते प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएनन्। त्यही समयमा उनले संसद्को चालु अधिवेशन अन्त्य गरेपछि नेकपाको विवाद चुलिएको थियो।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *