थप एक हजार ८१ जनामा कोरोना पुष्टि, ९ सय १८ डिस्चार्ज; ६ जनाको मृत्यु

शेयर गर्नुहोस्

काठमाडौं । बुधबार देशभर एक हजार ८१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ८१ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ हजार २१९ पुगेको छ।

हालसम्म ३३ हजार ८८२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३१२ पुगेको छ। गत २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ५ हजार ४८० जना क्वारेन्टिनमा रहेका छन्।


श्रोत

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.