देश विदेश

कुन प्रदेशमा के छ कोरोनाको अवस्था ?

शेयर गर्नुहोस्

काठमाडौं। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा १५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा महिला ६३ र पुरुष ९२ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा चार हजार ४१२ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । अहिलेसम्म प्रदेशबाट कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३७० जनासहित अहिलेसम्ममा एक लाख तीन हजार ३३३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

जनकपुर: प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १६९ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ५३९ पुगेको छ । तीमध्ये ५८ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ९४१ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गत १७३ क्वारेन्टिनमा आजसम्म ४९४ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७००, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ५७७ जना बसेका छन् ।
केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको छ र होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

कर्णालीः यस प्रदेशमा कोभिड९१९ का २८ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा २८ जना गरेर अहिलेसम्मको सङ्क्रमितको सङ्ख्या दुई हजार ७१९ पुगेको छ ।

कर्णालीका विभिन्न स्थानमा गरिएको परीक्षणमा थपिने सङ्क्रमितहरू सुर्खेतको वीरेन्द्रनगरका १७ जना, रूकुम पश्चिम चार जना तथा सल्यान र दैलेखका दुई÷दुई जना रहेका छन् । त्यस्तै जाजरकोट, मुगु र चितवनका एक/एक जना सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको सङ्ख्या १४ जना रहेको भने प्रदेशभर कुल डिस्चार्ज हुने दुई हजार ३५४ जना रहेका छन् । प्रदेशभर सक्रिय सङ्क्रमित ३५९ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण छ जनाको ज्यान गइसकेको छ । रासस


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *