सैनिक स्मारकमा श्रद्धाञ्जलि अर्पण

शेयर गर्नुहोस्

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड सम्हाले दुई वर्ष पूरा भएको अवसरमा बुधबार छाउनी र टुँडिखेलस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।

सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उनले सिपाही पाक्षिक विशेषाङ्कको विमोचन गरे। सो विशेषाङ्कमा नेपाली सेनालाई प्रणाली र पद्धतिमा सञ्चालन हुने संस्थाका रुपमा विकास गर्दै लैजाने आधारका रुपमा विगत दुई वर्षमा तयार भएका र कार्यान्वयन गरिएका कार्यविधि, निर्देशिका, तालिमका म्यानुअल र कमाण्डर एवं स्टाफका लागि आवश्यक सन्दर्भसामग्री समेटिएको छ ।

कार्यक्रममा प्रधानसेनापति थापाले कार्यकालको पहिलो र दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै घोषणा गरिएका विषयमा हालसम्मको कार्यप्रगतिको उपलब्धि उत्साहजनक रहेको बताए। बलाधिकृत रथी प्रभुराम शर्माले सङ्गठनभित्र रहेका कमजोरी सङ्गठन आफैँले पहिचान गरी त्यसलाई सही मार्गमा ल्याउने प्रणालीको विकास गरिएबाट सङ्गठनलाई स्वतन्त्र रुपमा क्रियाशील हुन र प्रणालीलाई बलियो बनाउन मद्दत पुगेको बताए।


श्रोत

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *