चिनियाँ राजदूतको आधिकारिक ट्वीटरबाट अश्लील सामग्री ‘लाइक’ गरिएपछि…

शेयर गर्नुहोस्

काठमाडौं। बेलायतका लागि चिनियाँ राजदूतको आधिकारिक ट्वीटर ह्याण्डलबाट अश्लील क्लिप लाइक भएपछि बेलायतस्थित चिनियाँ दूतावासले ट्वीटरलाई यस विषयमा गहन अनुसन्धान गर्न भनेको छ । राजदूत लिउ जियाओमिङको ट्वीटरबाट अश्लील भिडियो लाइक मात्र नभइ चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गरिएका ट्वीटहरु पनि लाइक गरिएका थिए । चिनियाँ दूतावासका अधिकारीहरुले चीनविरोधी तत्वले यस्तो गरेको आरोप लगाएको बीबीसीको समाचारमा उल्लेख छ ।

यस विषयमा ट्वीटरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । राजदूतको ट्वीटर ह्याण्डलबाट १० सेकेण्डको पोर्नोग्राफिक क्लिप लाइक भएपछि यो विषय प्रकाशमा आएको थियो । लण्डनका एक मानव अधिकार अभियन्ताले यसलाई स्क्रिनशटसहित सार्वजनिक गरेका थिए । घटना सार्वजनिक भएसँग यो भिडियो क्लिप तत्कालै अनलाइक भएको थियो तर केही अन्य ट्वीटहरु भने लाइक गरिएकै थिए । केही समयपछि भने अरु ट्वीटहरु पनि अनलाइक गरिए ।


श्रोत

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *