देश विदेश

फ्रान्सेली राफेल लडाकू विमान भारतीय वायुसेनामा

शेयर गर्नुहोस्

नयाँदिल्ली । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू विमान भारतीय वायुसेनामा बिहिबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाव बढिरहेको अवस्थामा नयाँ लडाकू विमान भारतीय वायुसेनामा प्रवेश गराइएको छ ।

भारतले चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाव बढेसँगै ठूलो संख्यामा लडाकू विमान, हातहतियार र सैनिक परिचालन गरेको छ । गत जुन १५ मा यही क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाव भइरहेको अवस्थामा नयाँ लडाकू विमानले भारतीय सेनाको मनोबल थप उच्च बनाउने विश्वास व्यक्त गरे ।

चीनबाहेक भारत र पाकिस्तानबीच पनि काश्मिर विषयलाई लिएर सीमा क्षेत्रमा तनावको स्थिति रहँदै आएको छ । राफेल विमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो । सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल विमान हस्तान्तरण गर्नु पर्नेछ ।

विमान हस्तान्तरण समारोहमा बोल्दै फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली बिमानहरु माली र सिरियाजस्ता युद्धग्रस्त क्षेत्रमा परिचालन गरिएका र त्यसले निकै राम्रो नतिजा दिएको बताए । हालसम्म रुसी लडाकू विमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली राफेल विमान पनि उपलब्ध भएको छ ।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *