देश विदेश

रुसको कोरोना भ्याक्सिन सर्वसाधारणलाई दिन सुरु, २६ वैज्ञानिकले उठाए गम्भीर प्रश्न

शेयर गर्नुहोस्

काठमाडौं। रुसले आफूले विश्वमै सबैभन्दा पहिले बनाएको दावी गरेको कोरोना भ्याक्सिन ‘स्पुतनिक भी’ आम सर्वसाधारणलाई दिने प्रक्रिया सुरु गरेको छ । मस्कोको सरकारी वेबसाइटका अनुसार राजधानीको करिब ४० हजार जनालाई भ्याक्सिन दिइँदैछ । यो भ्याक्सिनका २ डोज २१ दिनको अन्तरालमा दिइनेछ । रुसकी डिप्टी मेयर अनास्तासिया राकोभाका अनुसार राजधानीका केही व्यक्तिहरुमा भ्याक्सिनेसन भइसकेको छ । २६ जना वैज्ञानिकहरुले मेडिकल जर्नल द ल्यान्सेटलाई एउटा खुला पत्र लेखेपछि यो भ्याक्सिनेसन सुरु भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पत्रमा भ्याक्सिनको सुरुवाती ट्रायल डाटामाथि प्रश्न उठाइएको थियो । यो पत्रमा हस्ताक्षर गर्ने वैज्ञानिकहरुका अनुसार भ्याक्सिनको ट्रायलको पहिलो र दोस्रो चरणको डाटाबाट कैयौं स्वयंसेवकमा एन्टिबडीको स्तर एक जस्तै भएको पाइएको थियो । जबकि डाटाको मूल्यांकनबाट थाहा हुन्छ कि यस्तो सम्भावना अत्यन्तै कम छ । यो पत्र एनरिको बुकी नामका वैज्ञानिकले फेसबुकमा पोस्ट गरेका छन् । पत्र लेख्ने वैज्ञानिकहरुका अनुसार उनीहरुको निष्कर्ष मेडिकल जर्नलमा छापिएको एक अध्ययनमा आधारित छ न कि भ्याक्सिनको वास्तविक डाटामा । वैज्ञानिकहरुले भनेका छन् ‘वास्तविक डाटा नभएका कारण अहिले कुनै नतिजामा पुग्न सकिँदैन ।’

वैज्ञानिकहरुको तर्फबाट देखाइएको चिन्तालाई भ्याक्सिन बनाउने गेमालेया इन्स्टिच्युटले भने खारेज गरेको छ । इन्स्टिच्युटका उप निर्देशक डेनिस लगनोभले भने ‘प्रकाशित भएका नतिजा प्रमाणिक र पूरै सटिक छन् र यसको समीक्षा मेडिकल जर्नल द ल्यान्सेटका ५ जना विशेषज्ञले गरेका हुन् ।’ रुसको समाचार एजेन्सी तासका अनुसार ल्यान्सेटले रुसको भ्याक्सिनबारे अध्ययनका लेखकहरुलाई भ्याक्सिनका विषयमा उठिरहेका प्रश्नको जवाफ दिन भनेको छ । ल्यान्सेटले भनेको छ ‘अध्ययन गर्ने शोधकर्ताहरुलाई फिलाडेल्फियाको टेम्पल युनिभर्सिटीका जीव विज्ञान एनरिको बुकीको तर्फबाट खुला पत्रमा उठाइएका प्रश्नहरुको जवाफ दिनको लागि आमन्त्रित गरिएको छ ।’

जर्नलले अगाडि भनेको छ ‘स्थितिमा सूक्ष्म निगरानी भइरहेको छ । हामी जुुन पनि अध्ययन प्रकाशित गर्छौं त्यसमा वैज्ञानिक बहसलाई प्रोत्साहित गर्छौं र हामीलाई रुसको भ्याक्सिनको ट्रायलका विषयमा लेखिएको पत्रबारे जानकारी छ । हामीले अध्ययनका लेखकहरुसँग सिधै यो पत्र साझा गरेका छौं र उहाँहरुसँग वैज्ञानिक चर्चामा सहभागी हुन भनेका छौं ।’ रुसले मंगलबार सर्वसाधारणको लागि भ्याक्सिनको पहिलो लट जारी गरेको छ ।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *