देश विदेश

भारतीय सेनालाई पछि हट्न चीनको चेतावनी, भन्यो–‘यहीँ बसे कि चिसोले मर्छौ कि कोरोनाले’

शेयर गर्नुहोस्

काठमाडौं। भारत र चीनबीच जारी सीमा विवाद सुल्झाउनको लागि पाँच बुँदे सहमति भएकै दिन चीनले भारतीय सेनालाई लद्दाखको पेगोंग त्सो तालको दक्षिणी भागबाट पछि हट्न चेतावनी दिएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यदि भारतीय सेना पेगोंग त्सो तालको दक्षिणी भागबाट पछि नहटे चिनियाँ सेना पूरै हिउँदभरी त्यहीँ बस्ने बताएको छ ।

चिनियाँ सेनाले भारतीय सेनालाई पूरै जाडो महिनाभरी त्यहीँ बस्न बाध्य पार्ने चेतावनी दिँदै ग्लोबल टाइम्सका सम्पादक हू शिजिनले ट्वीट गर्दै भनेका छन् ‘भारतको सैन्य तन्त्र र उनहिरुलाई उपलब्ध गराइने सुविधा कमजोर छ । कैयौं भारतीय सैनिकहरु यहाँको चिसो मौसमका कारण कठ्यांग्रिएर वा कोरोनाभाइरसका कारण मर्नेछन् । यदि यहाँ युद्धको स्थिति आयो भने भारतीय सेना निकै छिटो पराजित हुनेछ ।’

ग्लोबल टाइम्सले अगाडि भनेको छ ‘यदि भारत शान्ति चाहन्छ भने दुवै देशले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) को ७ नोभेम्बर १९५९ को स्थितिलाई नै मान्नुपर्छ । यदि भारत युद्ध चाहन्छ भने चीन युद्धको लागि बाध्य हुनेछ । हेरौं दुई देशमध्ये को कसको अगाडि कति समयसम्म टिक्न सक्छ ।’ चीनले सधैं भारतको सम्मानको चिन्ता गरेको बताउँदै ग्लोबल टाइम्सले भारतका राष्ट्रवादीहरुले चीनले देखाएको सम्मान भावको फाइदा उठाउन चाहेको बताएको छ । चीनले भारतले आफ्नो हैसियत बिर्सिएको पनि बताएको छ ।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *