भारतको नोएडाबाट ४ नेपाली बालबालिकाको उद्धार

शेयर गर्नुहोस्

काठमाडौं। भारतको नोएडामा श्रमिकको रुपमा काममा लगाइएका ११ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४ जना नेपाली भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । उनीहरुलाई अटोमोवाइल र होटलहरुमा काममा लगाइएको पाइएको छ । नोएडा पुलिस विभाग, उसको मानव तस्करीविरुद्धको इकाइ, श्रम विभाग र चाइल्डलाइन इण्डिया फाउण्डेशन नामको गैरसरकारी संस्थाको संयुक्त पहलमा छापा मारेर उनीहरुको उद्धार गरिएको हो । शहरको एरिया ५, ९, ३१, १४० सहितका क्षेत्रमा छापा मारिएको हो ।

अगष्ट २४ मा राज्य सरकारले यहाँका सबै जिल्लामा बाल श्रमिक रोक्ने अभियान संचालन गर्न निर्देशन दिएको थियो । सरकारले सेप्टेम्बर महिनाभरी यसको लागि बजार क्षेक्र रेलवे स्टेशन, बस स्ट्याण्ड, होटल, फुटपाथ, उद्योगहरु लगायतका क्षेत्रमा जाँच गर्न निर्देशन दिएको थियो । सरकारले बाल श्रमसम्बन्धी नियम उल्लंघन गर्नेलाई बाल श्रमिक विरुद्धको कानुन, भारतीय दण्ड विधान र मानव तस्करी प्रतिरोधी कानुन अन्तर्गत कारवाही गर्न निर्देशन दिएको थियो ।

‘हामीले एउटा रेष्टुरेण्टको बारेमा सूचना पाएका थियौं । फरक फरक ठाउँमा गरी कूल ११ जना बालबालिका भेटिएका छन् । उनीहरुमध्ये ४ जना नेपाली, १ जना हरियाणाका र बाँकी स्थानीय भएको पाइएको छ । उनीहरुलाई त्यहाँबाट उद्धार गरेर सुरक्षित ठाउँमा पठाइएको छ । उनीहरुलाई बाल कल्याण समितिसमक्ष पेश गरिनेछ । अब उनीहरुलाई महामारीभन्दा पहिल्यैदेखि काममा लगाइएको थियो वा पछि भन्ने जाँच गरेपछि परिवारको जिम्मा लगाइनेछ,’ चाइल्डलाइन इण्डिया फाउण्डेशनको नोएडा क्षेत्रमा कार्यक्रम हेर्ने अर्को गैरसरकारी संस्था एफएक्सबी इण्डिया सुरक्षाका कार्यक्रम प्रबन्धक सत्य प्रकाशले भने ।


श्रोत

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *