देश विदेश

संक्रमणमुक्त भएको तीन दिनपछि तीन जनामा फेरि संक्रमण

शेयर गर्नुहोस्

मोरङ। मोरङको रंगेलीमा कोरोना संक्रमण मुक्त भएका तीन जनामा फेरि कोरोना संक्रमण देखिएको छ। एक साता अघि समुदायस्तरमा कोरोना नियन्त्रण भएको रंगेलीमा फेरि कोरोना देखिएको हो।

पछिल्लो पटक रंगेली नगरपालिकाको क्वारेन्टिनमा रहेका ९ जनासहित २५ जनाको पीसीआर जाँच गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले जानकारी दिए।

कोरोना पुष्टी हुनेमा रंगेली नगरपालिकाको दई जना कर्मचारी सहित इलाका प्रहरी कार्यालय रंगेलीको लागुऔषध मुद्दाका एक जना थुनुवा रहेका छन्। रंगेलीमा समुदायस्तरमै शत प्रतिशत कन्ट्याक ट्रेसिङ्गको रिपोर्ट नेगेटिभ आए पनि फाटफुट रुपमा मानिसहरुको पिसिआर जाच गराउँदै आएको थियो।

कोरोना देखिएका २ जना कर्मचारीलाई रंगेली जनता क्याम्पसकै आइसोलेशनमा राखिने स्वास्थ्य शाखाले जानकारी दिएको छ। यता रंगेली इलाका प्रहरी कार्यालयको हिरासतमा कोरोना देखिएका थुनुवालाई कानुनी प्रक्रिया पूरा गरेर आइसोलेशनमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए। संक्रमित थुनुवा सुनवर्षि नगरपालिकाको भएको प्रहरी इलाकाले जानकारी दिएको छ।

रंगेलीमा १ सय २४ संक्रमीत निको भएर फर्किसकेका छन् भने एक जनाको मृत्यु भएको छ। यस्तै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ६२ छ। संक्रमण पुष्टी भएका मध्ये २४ जनाको मृत्यु भइसकेको छ। ७ सय ९४ जना निको भइसकेका छन्।

 


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *