मलेसियामा टिकट खरिद गर्ने पैसा नभएकै कारण कोही पनि नेपाली अड्किएका छैनन् : राजदूत पाण्डे

शेयर गर्नुहोस्

काठमाडौं। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले त्यहाँ हवाइ टिकट खरिद गर्ने पैसा नभएकै कारण कोही पनि नेपाली नअड्किएको बताएका छन्। वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डले टिकटको जोहो गर्ने पैसा नभएर कुनै पनि नेपाली स्वदेश फर्किनबाट बञ्चित हुनु नपरेको बताए। मलेसियास्थित दूतावासमा अहिलेसम्म कति नेपाली घर फर्किन खर्च नभएको भन्दै समस्या लिएर आए त भन्ने ? प्रश्नमा जवाफ दिँदै राजदूत पाण्डे भन्छन्, ‘मलेसियामा कम्पनी भन्दा बाहिर रहेका नेपालीमध्ये त्यत्ति ठूलो संख्यामा घर फर्काइदिन भन्दै आएका छैनन्। जो आएका छन् तिनिहरुलाई हामीले विभिन्न किसिमले सम्बोधन गरिरहेका छौँ ।’ उनले सरकारले पठाएको कल्याणकारी कोषको रकमबाट अहिलेसम्म जेलमा रहेका २४ जना र बाहिर रहेका २ जना श्रमिकलाई खर्च गरिएको जनाए। त्यसैगरी ट्राभल एजेन्सीसँग समन्वय गरेर जेलमा रहेका ५५ जना नेपालीको पनि उद्धार गरिएको उनले बताए। त्यस्तै मलेसियामा क्रियाशिल रहेका अन्य संघसंस्थासँगको समन्वयमा १८ नेपालीको टिकटको जोहो गरिएको उनले जानकारी दिए। त्यस्तै अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत उद्धारका लागि पठाएको रकमबाट ४० जना जतिलाई उद्धार गरी नेपाल पठाएको उनको भनाइ छ।

‘दूतावासमा घर फर्किन समस्या पर्यो, टिकट काट्ने पैसा नै भएन भन्ने समस्या लिएर आउने सबैको समस्या सम्बाेधन गरेका छौँ,’ उनले भने, ‘टिकटकै कारणले घर फर्किन पाइन। समस्या परेँ भनेर जो–जो आउनु भएको छ उहाँहरु सबैलाई विभिन्न माध्यमबाट टिकटको व्यवस्था गरेर घर फर्काएका छौँ।’

कोरोनाका कारण विदेशमा समस्यामा परेका श्रमिकहरुलाई स्वदेश फर्काउन सरकारले बनाएको निर्देशिका झन्झटिलो भएको उनको भनाइ थियो। उनले सरकारी मापदण्डमा वास्तविक पीडितहरु नसमेटिने दावी गरे ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *