देश विदेश

नेपालको कोरोना परिक्षण र बीमामा जनतालाई अब यस्तो राहत

शेयर गर्नुहोस्

काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा आम उपभोक्ताले दुई हजार रुपैयाँमा पीसीआर टेष्टको सुविधा पाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएकोमा महंगो भएको भन्दै बिरोध भएपछि घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो । मन्त्री, नेता, कर्मचारी लगायतका पँहुचवालाको निशुल्क तर राज्यलाई कर तिर्ने दायीत्व बोक्ने नागरिकलाई पीसीआर परिक्षणमा शुल्क भन्दै अहिले पनि बिरोध भइरहेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर जाँच गर्दा फरक फरक रिपोर्ट आएको गुनासो आएको भन्दै चार वटा अस्पतालमाथी छानविन थालेको छ ।

कोरोना बीमामा समेत राहत
कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने भएको छ । यस अघि सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था गरिएका कारण धेरै विमितहरु बिमाबापतको रकम भुक्तानीमा झमेला झेल्दै आएका थिए । बीमा समितिले मापदण्ड संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुककै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेसँगै कोरोना बिमाको झमेला झेल्दै आएकाले राहत पाउने भएका छन् ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *