देश विदेश

नेपाल अपडेट : कोरोनादेखी सार्वजनिक यातायातको स्वास्थ्य मापदण्डसम्म

शेयर गर्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा चचासँगै खबरको प्राथमिकतामा परेका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ जना सहित देशभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । यो संख्या पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका र देशभर कोरोना संक्रमित पहिचान भएको उच्च रेकर्ड हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । सक्रिय संक्रमित मध्ये ८ हजार ५४१ संस्थागत आइसोलेसन र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । बुधबार १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।

स्यानिटाइजरको गुणस्तरमा प्रश्न
औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजरको खरिद र प्रयोग गर्न सबैलाई अपिल गरेको छ। बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर अत्यधिक मात्रामा पाइएपछि विभागले गुणस्तर हेरेर मात्र किन्न र प्रयोग गर्न अपिल गरेको हो। केही समयदेखी जारी राखेको अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बनाउने र विक्रि वितरण भएको पाइएपछि विभागले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न सबैमाझ आह्वान गरेको छ . विभागका महानिर्देशक नारायण ढकालले उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र विक्रि वितरण भएको पाइए विभागमा जानकारी गराउन आग्रह गनर्’भएको छ .। कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग ह्वात्तै बढेको छ । विभागले मिथानोल जस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका विभिन्न स्यानीटाइजर उद्योगमाथी कारबाही प्रक्रिया अघि बढाएको छ । .

जोखिकाबीच निषेधाज्ञा खुकुलो बनाइदै
काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा अझ खुकुलो बनाइएसँगै भीडभाड बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर) जिल्ला प्रशासन कार्यालयहरूले भदौ २४ बाट खुकलो बनाएको निषेधाज्ञा बिहिबारबाट अझ खुकुलो पारिएको हो । काठमाडौँ उपत्यका प्रशासनले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध हटाएको छ । बजार र पसल खोल्न छुट दिइएपनि सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीडभाड हुने क्षेत्रमाथीको प्रतिबन्ध यथावत छ । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

उद्धार उडानको निरन्तरता
कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारोमा परेका १४४ जना नेपाली स्वदेश आइपुगेका छन् । दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १ महिलासहित १४४ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यसअघि नेपाल एयरलाइन्सको ३८औं उडान मार्फत १२ महिलासहित १५० नेपाली स्वदेश फर्किएका थिए । नेपाल एयरलाइन्सले बिहीबार र सेप्टेम्बर २२, २४ र २५ तारिखमा पनि उडान गर्ने दूतावासले जनाएको छ ।

सार्वजनिक यातायातको सुरक्षा मापदण्ड
बिहीबारबाट लामो, मध्यम र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदैछन् । यातायात व्यवसायी र मजदूरको संयुक्त कार्यदलले सञ्चालन अघि नै यातायात मजदुर र यात्रुले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ । कार्यदलद्धारा जारी विज्ञप्तिमा यात्रुलाई यात्रा सुरु गर्नुअघि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र यात्रुले यात्राभर अनिवार्य मास्क लगाउनुपर्ने छ । यसैगरी चालक, सहचालक, परिचालक, बुकिङ कर्मचारीलगायत यातायात मजदुरले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजरलगायत स्वास्थ्य सुरक्षाका उपकरण अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ । छ महिनापछि लामो दुरीका सार्वजनिक सवारी साधन सन्चालनमा आउन लागेका छन् । काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागु हुने छैन ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *