कालिकोट कोरोना मुक्त

शेयर गर्नुहोस्

कालिकाेट । कालिकोट कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको हो। कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएको सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए।कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र २ हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकोमा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिनुभयो । जिल्लाका नौ वटा स्थानीय तहमध्ये पचालझरना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए। कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० बेडको अस्पताल निर्माण भएको र कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ।रासस

Kalikot District - Wikipedia


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *