खड्गबहादुरको चितुवासँग भिडन्त, चितुवा मर्‍यो, उनी अस्पतालमा

शेयर गर्नुहोस्

रम्भा गाउँपालिका–१, कराङ्दी खोलामा चितुवाले माहार ९गाईबाख्रा) चराउन गएका ५२ वर्षीय खड्ग बहादुर फाललाई आक्रमण गर्दा चितुवाको मृत्यु भएको छ। खड्ग बहादुरलाई हातमा र कम्मरमा समाएर आक्रमणमा उत्रिएको चितुवा मारिएको हो।  ५२ वर्षीय माहारे (गाईबाख्रा चराउने व्यक्ति) खड्ग बहादुर चितुवासँग भिडेका थिए। भिड्ने क्रममा चितुवाको आक्रमणबाट फाल घाइते भएका छन् भने उनले प्रहार गरेको ढुङ्गाका कारण चितुवा मरेको छ। चितुवासँग भिड्दा घाइते भएका फाललाई उपचारका लागि गल्याङ सामुदायिक अस्पतालमा लगिएको प्रहरी चौकी हुँगीले जानकारी दिएको छ।  

घाइते खड्गबहादुरको हातको नाडीमा १२ स्थानमा टाँका लगाइएको छ। उनको तिघ्रा, अनुहार, हात र खुट्टामा चोट लागेको छ। प्रहरी चौकी हुँगीका इन्चार्ज (असई) कनौया चौधरीले गाईगोरु चराएर बसेको बेला चितुवाले बाख्रा ताकेर मानिसमाथि आक्रमण गरेको हुनसक्ने बताए। चौधरी भन्छन्, ‘चितुवाले मान्छेलाइ हानेको रहेछ। हातखुट्टामा तिथोरेको छ। धेरै समयको प्रतिकारपछि चितुवा मरेको थियो। मृतक बाघलाई प्रहरीको रोहबरमा डढाएर गाडेको हो।’ उनले चितुवाको आक्रमणपछि गुहार मागेर अरुलाई समेत सहयोग लिएर चितुवा मरेको बताए।  

 

स्थानीय केदार बस्यालका अनुसार गाईबाख्रा चराउन गएका खड्गबहादुरलाई बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। चितुवाबाट बच्न फालले ज्यानको बाजी थापेर लडेको घटनास्थलमा देख्न सकिने उनले बताए। मारिएको सवडिभिजन वन कार्यालय, ताहुँको समन्वयमा हुँगी प्रहरी चौकीमा लगेर जलाई नष्ट गरिएको छ।

श्रोत: नागरिक

खड्गबहादुरको चितुवासँग भिडन्त, चितुवा मर्‍यो, उनी अस्पतालमा
Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

2 thoughts on “खड्गबहादुरको चितुवासँग भिडन्त, चितुवा मर्‍यो, उनी अस्पतालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *