देश विदेश

पुरा हुँदै प्रधानमन्त्री ओलीको रेल सपना, राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल जनकपुरमा

शेयर गर्नुहोस्

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल जनकपुर आइपुगेका छन् । रेल विभागका अनुसार भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत किनिएका दुईवटा रेल सेट भर्खरै मात्र जनकपुर ल्याइएको हो ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ भने रेल सञ्चालनको जिम्मेवारी बोकेको रेल्वे कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न गरेपछि रेल त्यहाँसम्म अन्यत्र विस्तार गर्ने योजना रहेको छ । आवश्यक कानुन बनाएर दशैं तिहारपछि नै रेल सञ्चालनमा ल्याउने विभागको तयारी छ ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा गठन भएको रेल विभागले देशका विभिन्न स्थानमा रेलमार्ग निर्माण सहित थप सम्भाब्यता अध्ययन गरिरहेको छ ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *