देश विदेश

श्रम गन्तब्य मुलुकमै ६० हजार बढी नेपाली अलपत्र, उडान संख्या बढाउन राजदूतहरुको माग

शेयर गर्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारी र अन्य कामले विदेश गएर कोभिड– १९ का कारण स्वदेश आउन रोकिएकाहरुलाई ल्याउन नियमित उडान संख्या थप्नुपर्ने माग सम्बन्धित देशका नेपाली राजदूतहरुले गर्न थालेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसँगको भर्चुअल बैठकमा मलेसिया, खाडी लगायत श्रम गन्तव्य मुलुकका राजदूतहरूले यस्तो आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उक्त कुराको जानकारी गराएको बताउँदै राजदूतहरुले समितिलाई पनि उक्त विषयमा मन्त्रालयसँग छलफल गरिदिन आग्रह गरे । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजारले फर्किनका लागि दूतावासमा नाम दर्ता गराएको जानकारी दिनुभयो । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरूको भिसा अवधि सकिने उहाँको दाबी थियो । प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्ने उहाँको दाबी थियो । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले राजदूतावासमा स्वदेश फर्किनका लागि भनेर नाम दर्ता गराउनेको संख्या ९ हजार २ सय भन्दा बढी रहेको बताउनुभयो ।

कतारमा स्वदेश फर्किन चाहनेको संख्या २० हजारभन्दा बढी रहेको राजदूत नारदनाथ भारद्वाजले जानकारी दिनुभयो । कतारका लागि दैनिक ४ वटा उडान गर्न नसके १६ हजार भन्दा बढी र दसैं–तिहारमा घर फर्किन चाहनेहरू समस्यामा पर्ने राजदूत भारद्धाजले बताउनुभयो । साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजारलाई मात्रै पठाउन सकिएको जानकारी दिनुभयो । मलेसियाका लागि नेपाली राजदूत पाण्डेले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको भन्दै परिमार्जन गर्न संसदीय समितिलाई आग्रह गर्नुभएको थियो ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *