देश विदेश

वरिष्ठ क्याप्टेन लामाले भने– “कोरोनालाई सामान्य रुपमा नलिनु” 

शेयर गर्नुहोस्

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएसँगै स्टार अस्पतालमा उपचाररत नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको र चाँडै उडान भर्दै बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताउनुभएका लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । एकदम जटिल अवस्थाबाट पार भै पुन : स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु । लामाले लेख्नुभएको छ । आफ्नो स्वास्थ्य सुधार हुनुको श्रेय लामाले स्टार अस्पताल र चिकित्सकहरूलाई दिनुभएको छ ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई वरिष्ठ क्याप्टेन लामाले आग्रह गर्नुभएको छ ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *