देश विदेश

कुइन्सल्याण्डका आप्रवासी साना उद्यमीलाई सघाउने मन्त्रीको उद्घोष

शेयर गर्नुहोस्

ब्रिजवेन/कुइन्सल्याण्ड राज्यकी साना वित्तिय मन्त्री स्यानोन फटिम्यानले कोरोनाका कारण समस्यामा परेका आप्रवासी साना उद्यमीलाई सघाउन सरकार तयार रहेको बताउनुभएको छ ।
मल्टिकल्चरल कुइन्सल्याण्ड आप्रावासी साना व्यापारीसंग गरेको जुम बैठकलाई सम्बोधन गर्दै मन्त्री फटिम्यानले यो विषम घडीमा कुइन्ल्याण्ड राज्यको अर्थतन्त्रलाई चलायमान गर्न साना उद्यमीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नया परिवेश र वातावरणमा आएर पनि आप्रवासीहरुले व्यापार व्यवसाय गरेर अर्थतन्त्रमा योगदान दिएको भन्दै मन्त्री स्यानोनले प्रशंसा समेत गर्नुभयो ।
कोभिडका कारणले समस्यामा परेका साना व्यापारीलाई उकास्नका लागि कुइन्सल्याण्ड सरकारले प्रति व्यवसाय १० हजार डलरसम्मको राहत बाडिरहेको भन्दै आवेदन दिन आग्रह गर्नुभयो । हालसम्म ४ हजार ७१ साना व्यवसायीले राहत लिइसकेका छन् । दोस्रो चरणको राहत प्याकेज वितरण भइरहेको छ । हाललाई दक्षिणपूर्वी कुइन्ल्याण्डका साना व्यापारीका लागि राहत प्याकेज बन्द गरिएको छ भने केवल दुर्गम कुइन्सल्याण्डका लागि मात्र उपलब्ध छ ।
त्यस्तै कोभिडको समयमा र यसपछि व्यापारलाई कसरी अगाडी बढाउने भन्ने बारे जानकारी दिन सरकारले मेन्टरसिप तालिमको पनि व्यवस्था गरेको मन्त्रीको भनाई छ । उक्त तालिममा सहभागी हुन पनि मन्त्री स्यानोनले आप्रवासी साना व्यापारीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै साना व्यवसाय बारे कुनै पनि समस्या परेमा हटलाईन नम्बर  1300 654 687 o मा सम्पर्क गर्न पनि मन्त्रीले आग्रह गर्नुभएको छ ।
मल्टिकल्चरल कुइन्सल्याण्डले आयोजना गरेको बैठकमा विभिन्न समुदायका ७० भन्दा बढी आप्रवासी साना उद्यमीहरु सहभागी थिए । बैठकमा आप्रवासी व्यवसायीले आफ्नो सफल व्यवसायबारे प्रस्तुतीसमेत दिएका थिए ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *