देश विदेश

न्यु साउथ वेल्सका लागि साउथ अष्ट्रेलियाले खोल्यो सिमा ।

शेयर गर्नुहोस्

सिड्नी/ साउथ अष्ट्रेलियाले विहिबारदेखि न्यु साउथ वेल्सका लागि आफ्नो सिमाना खुल्ला गरेको छ । न्यु साउथ वेल्स राज्यमा पछिल्लो दुइ दिन लगातार समुदायमा कोरोना संक्रमण नदेखिएपछि साउथ अष्ट्रेलियाले यस्तो निर्णय गरेको हो ।

तीन महिनापछि न्यु साउथ वेल्सका लागि पहिलो पटक कुनै राज्यले सिमा खुल्ला गरेको हो । सिमा बन्द हुदा न्यु साउथ वेल्सबाट अर्को राज्यमा जादा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपथ्र्यो । तर, सिमा खुल्ला भएपछि भने क्वारेन्टिन बस्नुपर्नेछैन । तर, बिहिबार भन्दा अघि न्यु साउथ वेल्सबाट गएकाहरुले भने अनिवार्य १४ दिनको क्वारेन्टिन अवधी पुरा गर्नुपर्छ । साउथ अष्ट्रेलियाले सिमा खुल्ला गरेपछि न्यु साउथ वेल्सबाट घुम्न जानेको लर्को लागेको छ । बिहिबार बिहानै सिड्नीबाट एडिलेड जानेको घुइचो लागेको समाचारहरु बाहिर आएका छन् ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *