देश विदेश

परिवार नै पहिरोमा पुरियो, ९ जनाको मृत्यु

शेयर गर्नुहोस्

जमिन चर्किएको थियो। पानी परेपछि पहिरो जाने सम्भावन थियो। त्यो सम्भावना कै कारण गाँउलेले अन्तै बस्न अनुरोध गर्दै आए। तर गाँउलेको कुरालाई खासै ख्याल गरेनन्। ख्याल नगर्दा बिहीबार विहान माया नेपालीको परिवार नै पहिरोमा पुरियो। नौ जनाको मृत्यु भयो। एकजनाको सकुशल घाईते अवस्थामा उद्दार गरियो।  

माया नेपालीको परिवारले दुईसाता अघिसम्म रात अन्तै बिताउँदै आएका थिए। पानी रोकियो। एकसाता पानी परेन्। उनीहरु आफ्नै वालिङ नगरपालिका–१४ तमादीस्थित घरमै बसे। चारदिनयता झरी परेको छ। झरी परिरहँदा नेपाली परिवारलाई अन्तै बस्न धेरैपटक गाँउले अनुरोध गरे। ‘जमिन चर्किएको थियो। एक हप्ता पानी बिदो भएको थियो। घरमै आएर परिवार बसे। पानी पर्न थालेपछि पहिरोको जोखिम छ भन्दै सूचित गरेर नबस्न अनुरोध गर्यौं’ स्थानीय छिमेकी टिकाराम लुईटेलले भने–‘त्यँही बस्न हुदैन्थ्यो। अन्य घर खाली थिए। स्कुल पनि खाली नै थियो। पानी नियमित परिरह्यो। ख्याल गरेनन्। दुखद घटना घट्यो।’ पानी परेकै कारण धेरै ठाँउमा पहिरोको जोखिम बढेको छ।  

परिवार नै पहिरोमा पुरियो, ९ जनाको मृत्यु

बिहीबार विहान साढे ५ बजेको समयमा पहिरो झर्यो। पहिरो घरसम्म आईपुग्दा ठूलो आकार लियो। घरभन्दा झण्डै डेढसय मिटर माथिबाट झर्को थियो। घरभन्दा माथि सडक थियो। सडक भन्दापनि माथिबाट पहिरो झरेपछि परिवार नै पहिरोमा पुरिएको वालिङनगरपालिका–१४ तमादीका वडासदस्य गमप्रसाद लुईटेलले बताए। उनका अनुसार घरमा नबस्न आग्रह मानेनन्। ‘घरमा नबस्न अनुरोध गरेको सुनेनन्। घरभित्र नसुत्न समेत भनिरहेका थियौै’ उनले भने–‘विहान उज्यालो हुने बेलामा उठिसकेपनि बाहिर निस्कन नभ्याउँदा पहिरोले लपेट्यो।’पहिरोमा परी मृत्यु हुनेमा ६० वर्षीय सेनी नेपाली, ४८ वर्षीय माया नेपाली, ३४ वर्षीय  दिपक नेपाली, २८ वर्षीय कुलदिप नेपाली, १५ वर्षीय विक्रम (शिशिर) नेपाली, ९ वर्षीय विविश नेपाली, २१ वर्षीया विनिता (बुहारी), पाहुना बन्न आएकी बहिनी ३० वर्षीया उमा नेपाली र छ महिनाकी बालक समीर नेपालीको मृत्यु भएको थियो। १८ वर्षिय मनिषा नेपालीको भने उद्दार गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार मनिषाको थप उपचारको लागि पोखरा ल्याइएको छ।  

पहिरोस्थल गायडाँडा र लुईटेलडाडाँको बीचमा पर्छ। घटना भएको झण्डै पाँचघण्टाको पुरिएको अवस्था शव निकालिएको थियो। पुरिएको शव निकाल्न स्थानीयबासी, जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली खटिएको थियो। पहिरो झर्ने वित्तिकै वडा सदस्यसहित गाउँले उद्दारको लागि जुटेका थिए। ‘पहिरोले घर पुरिएपछि उद्दारमा आयौं। भित्रबाट गुहार–गुहार भन्दै आवाज पनि आएको थियो’ उनले भने–‘तर पहिरो ठूलो भएकोले उद्दार गर्न सकिएन्। परिवार नै पहिरोमा पुरियो।’  सानोतिनो पहिरो भने झरिरहेको थियो। बाटो भन्दा माथिबाट झर्ने पहिरो बाटोमै रोकिन्थ्यो। डोजर लगाई सफा गर्दै बाटो खुलाईन्थ्यो। तर चारदिनयता पानी परेकै कारण जमिन गल्किएपछि  पहिरो झरेको वडा सदस्य लुईटेल सुनाउँछन्। ‘एकसाता पानी परेन्। जमिन सुख्खा भयो। फेरी पानी पर्यो। चर्किएको अवस्थामा पानी पर्दा जमिन लच्किएर झर्यौं’ स्थानीयबासीको भनाई थियो। पहिरो आउनसक्ने बारेमा पूर्व जानकारी गराईरहँदा पनि ख्याल नगर्दा दुखद घटना निम्तिएपछि तमादी सन्नाटा छाएको छ।  श्रोत: नागरिक

साइप्रस का समाचार पढ्न यहाँ वा तल का लिंक हरुमा क्लिक गर्नुहोस् 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *