देश विदेश

प्रयोग भईसकेका पौने ४ लाख थान कण्डम बजार पठाउन खोज्दा

शेयर गर्नुहोस्

एजेन्सी/ प्रयोग भइसकेका ३ लाख ४५ हजार थान कण्डम बजारमा पठाउनै लाग्दा बरामद भएको छ ।प्रयोग भइसकेका कण्डमलाई धोएर पखाली गरि पुन प्याकेटमा राखेर बजारमा पठाउन लागेको अवस्थामा प्रहरीले बरामद गरेको संचारमाध्यमहरुले जनाएको छ । यो समाचार भियतनामको हो । भियतनामको राष्ट्रिय टेलिभिजनबाट प्रशारित फुटेजमा होचि मिन्हा शहर नजिकै रहेको एक वेयर हाउसभित्र भुइभरी नै त्यस्ता कण्डमहरु छरिएको देखिन्छ । समाचारका अनुसार ३ सय ६० किलो बराबरको कण्डम भेटिएको हो ।वेयरहाउस संचालकले स्थानिय संचारमाध्यमलाई जनाए अनुसार अपरिचित व्यक्तिहरुले हरेक महिला प्रयोग भइसकेका कण्डम संकलन गरि ल्याउने गरेका थिए । ती संचालक अहिले प्रहरी हिरासतमा छन् । टेलिभिजन समाचारका अनुसार हालसम्म त्यस्तै प्रयोग भइसकेका कति कण्डम बजारमा गइसके भन्ने एकिन छैन । वेयर संचालक दाबी गरिएकी उक्त महिलाले प्रतिकिलो कण्डम ०.२४ डलरमा बेच्ने गरेकी थिइन् । यो घटनाबारे स्थानिय प्रहरीले अनुसन्धान तिब्र बनाएको छ । photo- AP/ABC

पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *