देश विदेश

बलिउड कलाकार मलाइकालाई आइसोलेसनमा खड्किएको एउटा अभाव

शेयर गर्नुहोस्

काठमाडौं, एजेन्सी । कोभिड–१९ बाट संक्रमित बलिउड कलाकार मलाइका अरोरा उपचारपछि अहिले आफ्नै घरमा आराम गरिरहेकी छिन् । लामो समय उपचारमा बसेर घर फर्किएकी उनले आफ्नो क्वारेन्टिन समय बारे केही जानकारी गराएकी छन् ।

इन्स्टाग्राम स्टोरीमा टेलिभिजनको स्क्रिन साझा गर्दै अरोराले क्वारेन्टिनमा आफूले हेरेका कार्यक्रमहरुको बारेमा बताएकी छिन् । १४ दिनको क्वारेन्टिन अवधिमा उनले ‘गन विथ द विन्ड’ लगायतका पुस्तकहरु पढेकी छन् । उपचारको लागि बिताएका सबै समयलाई राम्रो बनाउन खोजेपनि मलाइकाले एउटा कुरा खड्किएको बताएकी छिन । क्वारेन्टिन समय अवधिभर छोरालाई भेट्न नपाएको कुराले उनलाई समस्या पारेको रहेछ । हाल अर्जून कपूरसँग प्रेममा रहेकी मलाइकाको पूर्व पति अरबाज खानसँगका एक छोरा छन् । यस्तै उनले आफ्नो काम गर्ने ठाउँलाई सम्झिरहेको जानकारी इन्टाग्राम मार्फत गराएकी छन् ।

कोरोना संक्रमण हुनुभन्दा पहिले उनी भारतको नयाँ नृत्य रियालिटि कार्यक्रम ‘इन्डियाज बेस्ट डान्सर’ मा निर्णायकको भुमिकामा थिइन् । आइशोलेशनमा उपचार गराउनको लागि उनले ब्रेक लिएसँगै उनको स्थानमा चर्चित डान्सर नोरा फतेहीले अवशर पाएकी छन् ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *