देश विदेश

खोप आउनु पूर्व नै कोभिड–१९ बाट २० लाखले ज्यान गुमाउने डब्लुएचओको चेतावनी

शेयर गर्नुहोस्

काठमाडौं, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रभावकारी खोप पत्ता लाग्नु पूर्व नै विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएसम्म ज्यान गुमाउनेको संख्या अत्यधिक हुन सक्ने बताएका हुन् ।

गत वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसले ज्यान गुमाइसकेका छन् । संक्रमण फैलिने क्रम र मृत्युदरले निरन्तरता पाइरहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २७ लाखबाट उकालो लागेको छ । गृष्म ऋतु आउँदै गर्दा उत्तरी गोलार्धका धेरै देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश बनेका छन् । यी तीन देशमा मात्रै एक करोड ७८ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ लाख ४२ हजार बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

पछिल्ला दिनहरुमा युरोपका विभिन्न देशमा संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । महामारीको पहिलो चरणमा जस्तै अहिले पनि युरोपका विभिन्न देश लकडाउनसहितका प्रतिबन्धात्मक उपायहरुमार्फत कोरोना महामारि रोकथाममा जुटेका छन् । डा. रायनले भनेका छन्– ‘समग्रमा निकै फराकिलो क्षेत्रमा चिन्ताजनक रुपमा संक्रमण फैलिरहेको हामीले देखेका छौँ । परीक्षण तथा ट्रेसिङ्ग, क्वारेन्टिन र सामाजिक दूरीसहितका उपायहरु अपनाउन मुख्य रुपमा जोड दिनु पर्ने र त्यसमा कुनै पनि हिसाबले कमी ल्याउन नदिदा नै संक्रमण कम गर्न सकिन्छ ।’

युरोपियनहरुलाई लकडाउनको अवस्था पुनः आउन नदिनका लागि पर्याप्त काम गरे–नगरेको आफैलाई सोध्न उनको आग्रह थियो ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *