देश विदेश

नेपालमा ७० हजारमा कोरोना, २४ घण्टामा १ हजार ४५५ जना डिस्चार्ज

शेयर गर्नुहोस्

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार चार सय ५५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

साइप्रसका समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *